कोरियाका समाजसेवि मनोज डाँगीद्धाराआत्महत्या


वेभ टिभि सोल –काठमाण्डौं रेष्टुरेण्ट व्यवसायी मनोज डांगीले आज आत्माहत्या गरेका छन् ।सांझ ४ बजेतिर लुगा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।

शवअहिले सोलको होमोनदोङ स्थित दोङ्सिन हस्पिटलको लास घरमा राखिएको एन आर एन आईसिसि प्रतिनिधि के पि सिटौंलाले बताएका छन् ।डांगीको शव हाल अस्पतालमा रहेका आत्माहत्याको कारण खुल्न सकेको छैंन् ।

डांगीको आत्माहत्या भएको सामान्य जानकारी प्राप्त भएको दुतावास श्रोतले जनाएको छ ।सुसाईट नोट समेत भेटिएको छैंन् ।उनी हिजो ईन्चन एअरपोर्टमा पुगेका थिए ।

उनी अन्तरराष्ट्रिय साहित्य समाजका अध्यक्ष समेत रहेका डांगीको सिन्चोनस्थित काठमाण्डौं रेष्टुरेण्ट सञ्चालन गर्दैं आएका थिए ।उनको एक श्रीमति दुई छोरा छन् ।

(विस्तृत विवरण आउन बांकी )