कोरियामा छायांकन भएको राजेश र कलाको “घुम्दैंफिर्दै” बजारमा ( भिडियो )


वेभ टिभि, सोल-गायक राजेश पायल राई र गायिका कला राईको आवाजमा रहेको युगल गीत “घुम्दै फिर्दै तिम्रो घरमा….. “को म्युजिक भिडियो सार्वजनिक भएको छ।

कोरियाको रमणीय स्थलतिर छायांकन गरिएको उक्त भिडियो हाङ चेम्जोङले निर्देशन गरेका छन्। बजारमा आएको अरु भिडियो भन्दा फरक विषय वस्तु समेटिएकोले दर्शकको मन जित्ने कुरा निर्देशक चेम्जोङ बताउँछ्न्।

आशुतोष राईको शब्दमा सजिएको उक्त गीत जनम जनम एल्बममा समावेश गरिएको छ जसमा पविधन खालिङको एरेन्ज रहेको छ भने संगीतकार सुवास सर्जनको संगीत सुन्न सकिन्छ।

कोरियाको अत्यन्तै मनमोहक ठाउँहरुलाई अचम्मराज पाठकले क्यामेरामा कैद गरेका छन् भने याम्फु राईको सम्पादन रहेको भिडियोमा राजु निमा र हिमानी गुरुङको अभिनय हेर्न सकिन्छ। उक्त भिडियोलाई निलम क्रीएसन नेपाल (यूके ) ले बजारमा ल्याएको छ।