दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि फेरि एक नेपालीको मृत्यु ।


अन्लाईन वेभ टिभी सम्बाददाता , सौल।

दक्षिण कोरियाको एक कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परि एक जना नेपालीले ज्यान गुमाएको दु:खद खबर प्रात भएको छ।
वैदेशिक रोजगारीको लागी  करिब दुई बर्ष अधि कोरिया आइपुग्नु भएका सुनसरी इटहरीका केदार अधिकारी  को काम गर्ने क्रममा मेसिन मा च्यापिएर मृत्यु भएको सगै काम गर्ने मृतकका साथी  अशोक फुयालले जानाकारी दिनुभएको छ।
ख्याङिदो यांगाम स्थित MCK मोटर पार्टस  कम्पनीमा कार्यरत अधिकारी आज बिहान करिब ११:४५ बजे  काम गर्दैगर्दा दुर्घटना परेको बताइएको छ । ह्वासङ प्रहरी अहिले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिएर शव  पोस्टमार्टम को लागि  अस्पताल लगेको जानकारी प्राप्त भएको छ। दुई वर्ष अघि रोजगारीकालागि कोरिया प्रवेश गरेका अधिकारी   विवाहित भएको र नेपालका श्रीमती र  एक छोरी रहेको बताइएको छ ।

घटना को बारे  नेपाली राजदुतावास कोरिया मा बुझ्दा घटनाका बारेमा औपचारिक जानकारी आएको बताएको छ । नेपाली राजदुतावास कोरिया श्रम सहचारी देवराज ढकालले प्रहरीबाट दुतावासमा जानकारी आएको  बताए ।पछिल्लो समय मा कोरियामा औद्योगिक दुर्घटनाहरु बड्दै गएको मा दूतावास ले चिन्ता ब्याक्त गरेको छ।
थप विवरणका आउन बाकी