नेपालको प्रतिनिधित्व गर्दै साकेला नृत्यले पन्ध्र राष्ट्रलाई पछि पारेर दोस्रो उपाधि जित्यो।


उमेश शेरालुंग-सौल कोरिया।

गत आईतबार मे २१ को दिन दक्षिण कोरियाको गिम्पो शहर स्थित आयोजना भएको  Gimpo globle festival-2017 मा नेपालको प्रतिनिधित्व गर्दै किराँतीहरुको मौलिक सांस्कृतिक नृत्य (साकेला नृत्य) ले १५ वटा बिभिन्न राष्ट्र लाई पछि पारेर दोस्रो उपाधि संगै तिन लाख कोरियन वन लगायत बिभिन्न पुरष्कार हरु हासिल गरेको छ।

IMG_4683

द कोरियाके गिम्पो फेस्टिवलको 10औ बर्ष पुगेको अवसरमा मा १६ देशका साँस्कृतिक तथा बिभिन्न खेलकुद प्रतियोगिता रहेको उक्त प्रतियोगितामा नेपालले फुटबल र सांकृतिक नृत्यमा भाग लिएका थिए। फटबलमा भियतनाम संग टाईब्रेकरमा पराजित भए भने साकेला नृत्यमा भने उत्कृष्ट नृत्य पदर्शन गरेर नेपालले दोस्रो पुरस्कार हात पार्न सफल भएका थिए। १६ वटा देश मध्य सांकृतिक नृत्यमा उत्कृष्ट नम्बर वन नृत्य नै भएको कोरियन नगरिक हरुको प्रतिकृया थियो। प्रथम हुनेमा भने कोरियन भाषामा विदेशीले गाएको थियो।

IMG_4685

किराँतीहरुको महान पर्बको रुपमा मनिएको साकेला ऊभौलीको अबसरमा अहिले बिश्वभरि धुमधामको साथ ढोल झ्याम्टा ठाटाएर साकेली सिली नाच्दै साकेला उभौली पर्ब मनाउने क्रममा दक्षिण कोरियामा पनि बिभिन्न शहरमा धुमधाम मनाईरहेका छन्। यसरी बिदेशमा पनि किराँती मौलिक संकृतिमा आधारित साकेला नृत्यले विदेशीको मन जित्न सफल भई नेपाल र नेपालीको नाम उच्च पार्न सफल भएकोमा हामी सबै नेपालीले गौरव गर्नु पर्ने कुरा संस्थाका बरिष्ठ उपाध्यक्ष दिपक राईले बताउनु भयो।IMG_4684

किराँती साकेला सिली कलाकारहरु श्री धन राई, सुमी राई, सुनु राई, धनुजा राई, सक्सेस राई, भेष राई, बालकृष्ण राई रहेको थियो भने संयोजक दिपक राईले गरेका थिए।