गजलकार सन्यालको लोकदोहोरी गीत ‘हेर्छु जुनैलाई’ सार्वजनिक (हेनुहोस् भिडियो)


वेभ टिभी सम्बाददाता , सौल।

गायक तथा गजलकार जनक सन्यालको लोकदोहोरी गीत ‘हेर्छु जुनैलाई’ सार्वजनिक भएको छ । आफ्नै शब्दमा रहेको गीतमा गायीका तुलसी घर्ती मगरले उनलाई साथ दिएकी छिन् ।

प्रेमिकालाई गाउँमा छाडेर परदेशमा जानुपर्दाको पिडा गजलकार सन्यालले गीतमा पोखेका छन् ।  उक्त गीतको रेकर्ड दक्षिण कोरियामा रहेका सन्यालले कोरियमा नै गराएका हुन् भने भिडियो नेपालमा गराएका हुन् ।

गजलकारका रुपमा चर्चा कमाएका सन्यालको यो गीत पहिलो गीत हो ।

“परदेशिको पिडालाई गित मार्फत उतार्ने प्रयास गरेको छु, मेरो पहिलो गीत श्रोताहरुले रुचाउनुहुन्छ भन्नेमा विस्वस्त छु ।’उन ले भने ।
भिडियो तलको लिन्कमा जानुहोला