“सपनाको शहर कोरिया कहर” वास्तविक जीवन भोगाई- सुष्मा राई


“सपनाको शहर कोरिया कहर” वास्तविक जीवन भोगाई- सुष्मा राई

समय सँगै मानिसको सपनाहरू पनि स्तरीय देखीन्छ। जब जिम्मेवारी-कर्तव्यको भार पर्छ,  समस्या अनि आर्थिक अभावहरू खट्किदै जान्छ तब एकमात्र सपना हुन्छ पैसा कमाउने बिदेश नगई नेपालमै बसेर भविष्यमा केही गर्ने सपनालाई मनको कुनामा यथावतै रख्ही मस्तिष्कमा बिदेश अनि पैसाको बिट्टा हरूले डेरा जमाउछ। certificate दराजमा थन्काएर हजारौ नेपाली युवा-युवतीहरू बिदेशीन्छन।

विगत सन 2008 देखि दक्षिण कोरिया नेपालीहरु लाई रोजगारीको लागि आकर्षक थलो बनेको छ । त्यसैले हजारौ युवाहरू आफ्नो गरिरहेको जागिर, व्यापार-व्यवसाय, अध्ययनलाई बिट मार्दै कोरिया जाने महिनामा डेढ/दुई लाख कमाउने सपना नसुती देख्दै भाषा पढ्ने गर्छन्। 2013 देखी यता सिमित कोटाहरूको लागी वर्षेनि 50 हजार भन्दा माथि फर्म भर्छन् 2,3,4 पटक सम्म लगाएर भएनि भाषा पास गर्छन् थोरैले एकै पटकमा पास गर्छन्। त्यसो त सुरूका वर्षहरूमा एति धेरै प्रतिस्पर्धा गर्नु नपर्ने थियो। भाषा पास गरेर नियमानुसार कोरिया आएपछि गोर्खेहरूको दु:खको दिन सुरू हुन्छ भने पास गरेर नि कोरिया जान नपाउदाको पिडा अर्कै।

सपनाको शहर कोरिया प्रस्थान गरेपछी  घण्टौ आकाशमाथि उडिरहदा साची रहेको महत्वाकांक्षाहरू झनै मनमनै फस्टाउदै ईन्छन् एयरपोर्टमा ओर्लिएपछी सपना जस्तै लाग्छ तर company प्रवेश भन्दा पहिले लिनु पर्ने तालिमको लागी 2 रात 3 दिन आन्सान तालिम केन्द्रमा पुर्याएर भेडा-बाख्रा जस्तै थुपारी दिएपछी निन्द्रा, भोक, चिन्ता, डरले एकैचोटि सताएपनि मुखमा पानि हाल्नु नपाउदै फेरी त्यहापनि स्वास्थ्य परिक्षणको लागी रगत, दिसा, पिसाब दिनुको लागि उही लाम लागेर उभाई मच्चियो उसै थकित ज्यान एकचोटि त्यहीबाट नेपाल फर्किनु पाए हुन्थ्यो मनमा यस्तै चाहानाहरू दगुरेर आयो तर यथार्थ मा भन्नुपर्दा त्यहाँ सम्म पुग्नको लागि कति संघर्ष गर्नु परेको थियो, कति पटक राजधानी धाउनु परेको थियो एक्कासी सम्झीए, मन कटक्क भाचियो तर त्यो सुरूवात मात्रै थिएछ साथिहरूको हालत नि उही थियो। निकै बेरसम्म पेटमा मुसा बुर्कुसी मारेपछि (सिक्ताङ्)canteen  मा खाना खान जाने जानकारी पाउना साथ हामि सिक्ताङ् तिरै  छिरिम् कोरियामा पहिलो गाँस लाउनु त लाईयो तर भात सगै गुलियो तरकारी मुछिरहदा फेरी एकचोटी आफ्नो हरेक ईच्छाहरू पनि त्यसमै मुछे। प्रत्येक गासहरू सिन्काले मुख सम्म पुर्याउनु नजानेनी जानेजस्तै गरियो कारण अन्य देशहरूबाट पनि हामि जस्तै आएकाले नजिकैको बेन्चमा बसेर खाईरहेको थियो। अर्को दिन उही खाना तरकारीहरू फरक तितेपातिको सब्जी, गंगटा, अक्टोपसको मासु स्वादको कुरा नगरौ तर भोजन भन्दा भोक मिठो बसिन्जेल यस्तै खाना हो बानि गर्नुपर्छ भन्ने सोच आयो कोच्याउनै के खोजेको माथि सम्मै आयो।
कोरिया बसाई सुरू भएपछी हरेक सपनाहरू आपसे आप बदलिदै जादो रैछ त्यसोत नया ठाउँ,नौलो परिबेश समय नि नयां। संगै आएको साथीहरू भएकाले बसाई सहजै भएनी मनको एक्लोपनले सताईनै रहन्थ्यो । सुरूमा काम सिकाउदानि  नजान्दा भोटेले गरेको गालिहरू आम्मै मेशिनको आवाजले नसुन्दा कानको छेउमै कड्किएर जान्थ्यो भाषा बुझाईमा खासै समस्या नभएको तर फर्काउन नजान्नुको पिडा थ्यो। झनै गालि प्रष्टै बुझिन्थ्यो र जाने पनि फर्काउने कुरा भएन।

महिना मर्यो मतलब विदेशको पहिलो तलब आयो मनम प्रफुल्ल भएर आयो, जोस-जागर बढेर आयो त्यतिनै बेला घरमा फोन गरेर कती दु:ख,सुख साट्न मन लाग्यो बिडम्बना आफुसंग मोबाइल थिएन। साथिहरूको मोबाइल बाट कहिले-काही सम्पर्क हुन्थ्यो।
तलब त आयो बेसीक सेलेरी त्यसमा पनि हप्ताको 5 दिन मात्रै काम। हरेक आफुले प्रयोग गरिरहेको हरेक सामानहरू=ग्यास,पानि,बत्ती,
बोईलर,ईन्टरनेट देखी सिरक-डसना,सिरानि हुदै खाना पस्काउने र खाने पनिउ,चम्चा-काटा समेतको काटिएको थियो यो बुझेपछी मनमा तिखै काँडा बिज्यो किनकी हाम्रो श्रम-सम्झौतामा यो समाबेश थिएन बाँकी हप्ताको 2 दिन बिदाको दिन आफ्नै पैसाले चामल सब्जि किनेर खानु पर्ने कामको दिनहरूमा पनि
बेलुका आफ्नै काम जस्तोसुकै भएनी परदेशमा गाह्रो नै हुन्छ यो सबै परदेशीलाई थाहा भकै कुराहो। company अनुसार काम/दाम फरक हुने हुदा धेरै नेपालीहरू काम बढी भएकोले रेष्ट बस्नु नपाउने दैनिक 10 देखी 18 घण्टासम्म जोतिनु पर्ने कसै रातो बिदा, शनिवार,आइतबार काम
नचल्ने अझ हप्ताको 5 दिन मा पनि जति धेरै काम भएनि 8 घण्टा भित्रमा सकाउनै पर्ने यस्तो पनि हुदो रैछ त्यसैले तलव पनि काम अनुसार दिने भएकोले एउटै जहाज चढेर आको साथिहरू बिचनि तलव धेरै-थोरै फरक पर्छ। तर कोरिया भन्ने बित्तिकै सबैको तलब धेरै नै हुन्छ  छिमेकीको छोराले 2 लाख कमाउदैमा आफ्नो छोराले नि 2 लाख नै कमाउछ घर- परिवारले त्यो सोचेर पैसाको दवाब दिनु पनि आत्महत्याको प्रमुख कारण हो। हो सबैलाई धेरै  पैसा कमाउने, शहरमा घर किन्ने मन हुन्छ तर भनेजस्तो नहुनु,एकातिर काम मा कोरियनहरूको पेलाई अर्कोतिर परिवारले समस्या  नबुझिदिदा गोर्खेहरू बिस्तारै सोजु(रक्सी),मेग्जु (बियर)माख्खली (जाँड) को मात्रा बढाउन थाल्छन्। चुरोटको धुवाहरूमा आफ्नो पिडाहरू एकैछिन भएनि उडाउन थाल्छन्। बिशेष गरी जाडो मैनामा आफु सुत्ने कोठाको झ्याल-ढोका पुरै बन्द गर्ने बोईलर,हिटर खोलेर सुत्नाले कहिल्यै नऊठ्नेगरी सुतिजान्छन् गोर्खेहरू।
भनेजति पैसा पठाउन नसकेपछि विस्तारै आफन्तको हेर्ने दृष्टिकोण फरक हुदै जादोरैछ। दिनभरी काम गरेर ज्यान गलेपनि  पिरले रातभरी त्यसै जाग्रम हुदा-हुदै उज्यालो हुने बेलामा निन्द्राले समाउछ एकैछिन पछि परदेशको भाले बास्छ alarm  सानोहुदाँ गाउमा ट्याम्के, चखेवा तिर घाम झुल्कि सक्दापनि नब्युजिदा आमाले उठाउदा नसुनेझै गरेको यादहरू झल्किन्छ तर या न आमानै छिन् न घाम चखेवाहुदै झुल्किन्छ। वस नेपालको विहान 3 बज्दै गर्दा alarm ले आफ्नो duty पुरा गर्छ्।
कहिले-काही नसोचेको घट्ना घट्दो रैछ संगै काम गर्ने साथि साथैमा हुदा-हुदै दुर्घटनामा परीन् खासै ठुलो चोट लागेन जस्तो लाग्यो किनकी उनि हासिरहेकी थिई तर रूनु नसकेर हासेकी रैछिन बिडम्बना हास्दा-हास्दै डाको छाडेर रून थालेपछी मेरोपनि आँखा रसाएछ दिमागले कै सोच्नु भ्याएन। 3/4मैना काम गर्नु नहुने doctor ले बताए पछी उनि काम मा जान छोडिन्।
त्यस्को केही मैना नबित्दै फेरी अर्को जना साथिले फोनमा दुखेसो पोखायो  साहुले सानो निहुमै एक्कासी निस्केर जा भन्दै हातपात गर्दै लुगा-फाटा जथाभाबि फ्याल्देको तर आफ्नो भिसा सकिनु केही मैना मात्रै बाकि रहेको फेरी पहिलानै ३ पटक कम्पनि सरिसकेकोले कतै जाने ठाउ नरहेको,भाषा कमजोरी कारण अतिनै गार्हो भको सुनेर आफैलाई पहाडले थिचेजस्तो लाग्यो। तर मैले झुटो आस्वासन र सान्त्वना दिन शिवाय अरू केही सहयोग दिन सकिन। एकत बसाईको हिसाबले टाढा थिए अर्को या हामीजस्तो पिडितहरूको आवाज भनेको बेला कसैले सुन्दैन सुने पनि साहुनै मुर्ख भएपछी केही लाग्दैन।
यो त केही उदाहरणीय पात्रहरू मात्रै भए यस्ता थुप्रै छन्। हो सहयोगि संघ संस्था पनिछन् र गर्ने काम पनि गरिरहेको हुन्छन् तर प्रहरी,साहु सबै कोरियन भएपछी कसैले उल्टो केश हालिदिन पनि पछि हट्दैन हामी सानो हुनुपर्छ साहुको गल्ति हुदानि हाम्रो कमजोरी देखाउछन् यस्तै भएछ साथिको समस्या पनि।
सधैँ दु:ख,नरमाईलो मात्रै हुदैन यहाको हावापानि एकदम राम्रो छ सबैलाई मनपर्छ।ऋतुसँगै बदलिरहने हावापानि सँगै कहिले बशन्तको फूलहरू,कलिलो टुसाहरू लाई नियाल्दै रमाइयो त कहिले बर्षायामको झरीमा रूझ्दै, कहिले शरदमा सुनौलो,रङ्गि-बिरङ्गी पातहरूले ढकमक्क सजिएको रूख बिरूवाहरू सँगै तस्वीर लिदै त कहिले हिउदमा हिउले ढाकिएर सेताम्मे बनेका पार्कहरूमा कठ्याङ्ग्रिदै सेल्फि हान्दै सम्झना लायक क्षणहरू  feeling happy यस्तै क्याप्सन राख्दै मुहार पुस्तका तिर केही तस्विर पोस्टाईयो। त्यो देखेर साथिहरू कमेन्ट गर्छन=मोज छ तेरो,दिन तेरै छ यस्ता-यस्ता एकछिन तस्वीर खिचिन्जेल मुस्कुराएकोले सधै खुशि छ भन्ने लख काट्छन्।
जसो-तसो बर्षदिन कटाईयो तर नत तलव नै बढाईदियो नत company सर्ने अनुमतिनै बारम्बार अनुरोध गरेपनि 3 सम्म यो company मै बस्नुपर्ने अडान दोहोरिएपछि अर्को company मा गएर काम गर्ने पैसा कमाउने सपना देख्नु छोडियो। मन भुलाउने माध्यम Facebook चलाउनु जसले जेसुकै भनेनी चलाउनु छोडिएन।
कोरिया सबै ठिकछैन भन्नु खोजेको भने पक्कै हैन कोरियामा समयलाई महत्व दिनु र कामप्रति बफादार र साहुप्रति सम्मान गर्ने चलनछ त्यो राम्रो हो। हुनत Eps प्रणालि बाहेक अन्य माध्यमहरू बाटनै धेरै बर्ष अगावै देखी नेपालिहरू बस्दै आइरहेकोछ।उहाहरूको भोगाई भने केही फरक होला,कतिको कहालि लाग्दो होला त्यो आफ्नो ठाउमाछ तर अबश्य धेरै संघर्षमय जिबन शैलि भने अबश्यछ। तर कोरियामै काम गर्ने कमाई राम्रो छ,सुविधा राम्रो भएको साथिहरूलेनै अर्को साथिको मर्मलाई मजाक बनाएर उडाइरहेको हुन्छ भने नेपालमा बस्नेहरूले त स्वभाविक हो।
तर अझै चित्त नबुझेको कुरा भनेको म एउटा महिला भएको हैसियतले यत्तिकै महापुरूषहरूलाई आरोप भने लाएको हैन समयको घडिले 12 बजाई सकेपनि महिलाहरू हेर्ने दृष्टिकोणमा कैले 6 नबज्ने रैछ त्यसमा पनि विदेशीएको महिलाहरूलाई। 21 औँ शताब्दीमा आएरनि नारीप्रति गर्ने तुच्छ व्यवहार सिधा देखाउनु नसकेर कुराले घोच्ने। होला कति पुरूषहरूको परिवारमा महिला ले कमाउनु आवश्यक छैन या त सँघार बाट निस्किनु दिईदैन??तर सबै पुरूषहरूलाई औलाएको भने पक्कै हैन।तर एति भनिरहदा कत्तिन आफुलाई सावित्री वनाउछे भन्ने सोच आयो होला हो हामी महिलाहरू पनि कतिले बिराएरनै यस्तो तर सबैलाई किन पिराउने???

अन्त्यमा हामी नेपालिहरू जुनसुकै देशहरूमा रहेपनि आफुमा जे छ जतिछ त्यसमै सन्तुष्ट भएर बाच्नु सक्नुपर्छ। कतिले कमाएरनि जमाउन नसकेको पिडा,कमाई नहुनेले कमाउने आशा हुन्छ यस्तै छ यहाँको चलन। तर विकसित देश भएकोले धेरै कुराहरू सिक्ने मौका भने अवश्य पाईएको छ जुन सिप भोलि हामीले आफ्नो देशमा गएर व्यवहारमा उतार्दा राम्रो हुनेछ। अत:खानपिनको हिसाबले स्वास्थ्यलाई निकै फलदायी हुन्छ हामीले चिल्लो, पिरो, कडा खाने बानि परेको हुदाँ खल्लो लाग्छ। यदि तपाई जो कोहि सपनाको शहर कोरिया आउदै हुनु हुन्छ भने सर्ब प्रथम कोरियाको कहर वास्तविकता लाई बुझेर मात्र आउनुस। आफ्नो कामको क्षेत्र, तलब, सुबिधा, आफ्नो स्वस्थ परिक्षण।  कसैको लहै लहैमा हल्लाको पछाडी लागेर शुख मात्र सम्झेर होइन दुख लाई आत्मसाथ गरेर संघर्ष गर्छु भन्ने आत्मविश्वास लिई जस्तोसुकै परिस्थिति मा पनि म हार्ने छैन भन्ने दृढ सोच बनाएर सकारत्मक उर्जाहरू लिएर आउनुहोला! अनि मात्र तपाइको कोरिया सपना सफल अनि फलदायी हुनेछ।
धन्यवाद
सुस्मा राई
खोटाङ्
हाल दक्षिण  कोरिया