सुगम संगीतमा बहुचर्चित नाम राज सिग्देल


सुनिल दिप्त राई- सौल कोरिया

सुगम संगीतमा बहुचर्चित नाम राज सिग्देलको भर्खरै आलो-आलो एक गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

‘आँखामा कुनै सपना छैन’ बोलको उक्त गीतको भिडियोमा गायक राज आफै फिचर भएका छन् । उनलाई साथ दिएकी छिन् मोडल रेखाले । हरि बस्ताकोटीको शब्द रचना रहेको गीतमा हरि लम्सालले संगीत संयोजन गरेका छन् । भाइव्स क्रियसन मार्फत बजार व्यवस्थापन गरिएको यस गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकनमा तयार भिडियोका सम्पादक निशान घिमिरे हुन् ।

स्मरण रहोस् गायक सिग्देलले ‘ऊ जितेर गई या हारेर गई’ जस्तो लोकप्रिय गीत पस्किएर लाखौ श्रोताको मन जितिसकेका छन् ।