म्युजिक अवार्ड बिजेता सुनिता थेगीम र भिषण मुकारूङ


साभार भिजन नेपाल।

राजधानी काठ्मान्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार म्युजिक खबर डटकमको आयोजनामा छैठौ म्युजिक खबर म्युजिक अवार्ड बितरण कार्यक्रम सम्पन्न भयो । गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ३४ विधामा अवार्ड प्रदान गरिएको थियो। जसमध्य आधुनिक युगल गायन बिधाको अवार्ड गायिका सुनिता थेगिम सुब्बा र भिसन मुकारुङले ‘धेरै पछि .. ‘बोलको गितद्वारा हात पार्न सफल भएका छ।

नेपालि गित सङ्गितमा सुनिता थेगिम
बिगत दुई बर्सदेखि नेपाली गित सङ्गितको क्षत्रमा निरन्तर लागएकी गायिका सुनिता थेगिम लिम्बू छोटो समयमा नै नेपाली दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायिका हुन । पपदेखि क्लासिकल गितहरु लाई समेत न्याय हुने गरि गाउन सक्ने खुबी भएकै कारण उनी छोटो समयमै चर्चामा आएकी हुन । सुनिता थेगिमद्वारा स्वरबद्द ‘साइला..’ बोलको गित यु ट्युब मा छोटो समयमै अत्यधिक चर्चित छ । युट्युब र सामाजिक सन्जालमा धेरै फ्यान बटुल्न सफल सुनिताले अहिले सम्म मातृभासा लिम्बू र नेपाली भासा गरि लग्भग तीन दर्जनको हाराहारिमा गित गाइसकेकी छिन ।उन्ले आफ्नो एल्बम छिटै नै सार्बजनिक गर्ने बताएकी छिन ।

अवार्ड जित्न सफल गितको भिडियो यहा हेर्नु होला।

 

https://m.youtube.com/watch?time_continue=164&v=GjOi0m-i9Qk