वाट्सएप्स नेपाली तारामा सुरेन र बिनोद बान्तावा प्रथम र द्वितिय बनेका छन


वाट्सएप नेपाली तारामा कोरियाबाट सहभागी सुरेन र बिनोद बान्तावा प्रथम र दितिय

विश्वब्यापी अनलाइ गायन प्रतियोगिता “वाट्सएप नेपाली तारा सिजन -1” का बिजेताहरुलाइ पुरस्कार तथा प्रमाणपत्र बितरण कार्यक्रम काठ्माण्डौको बागबजार स्थित सिटि म्याक्स हलमा हिजो भदौ एक गते भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा प्रथम हुन सफल भोजपुर होम्ताङका सुरेन बान्तावालाइ एउटा गित रेकर्ड गर्ने अवसरका, नगद तीस हजार साथै प्रमाण पत्र प्रदान गरियो । त्यसै गरि दितिय पुरस्कार जित्न सफल भोजपुर पात्लेपानीका बिनोद बान्तावा लाइ नगद तीस हजार सहित प्रमाण पत्र र तृतिय स्थान ओगट्न सफल सङ्खुवासभाका अमर राई लाई नगद बीस हजार र प्रमाण पत्र प्रदान गरियो । प्रथम सुरेन बान्तावा र दितिय बिनोद बान्तावा कोरिया बाट सहभागी भएका थिए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव प्राज्ञ गणेश रसिक प्रमुख अतिथी रहेको यस कार्यक्रमको सम्योजकको भुमिकामा प्राज्ञ शशी लुमुम्बु रहेका थिए भने अतिथिहरुमा कवि चन्द्र रानाहाङ्छा, गितकार राम रेप्चुङ, गायिका तथा सङ्गितकार निलम रोजु राई आदि रहेका थिए ।
हङ्कङमा रहदै आएका गायक नवीन राईद्वारा परिकल्पना तथा ब्यवस्थाप गरिएको बिश्वब्यापी अनलाइन गायन प्रतियोगिता “वाट्स एप नेपाली तारा सिजन एक” 2016 मा सम्पन्न भएको थियो । मुख्य निर्णायकको रुपमा नेपाल बाट सङ्गितकार मनोज साङ्सोन थिए भने अन्य निर्णायकहरुमा सुमन राई नेपालबाट र कुमार दुमि अमेरिकाबाट रहेका थिए ।

‘यो मन त मेरो नेपाली हो’ भन्ने नाराका साथ कार्य ब्यस्तताले गर्दा रियालिटी शोमा भाग लिन नसकेका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रममा नेपाल,भारत, जापान,मलेशिया,साउदी अरब,दुबइ , कुवेत, कतार, अमेरिका, द कोरिया आदि देशहरुबाट गरेर चार सय भन्दा बढी प्रतियोगिहरु सहभागी भएका थिए । मोबाइल एप्स वाट्स एप को माध्यम बाट सन्चाल्न गरिएको यस कार्यक्रममा विभिन्न चरणहरु पार गर्दै फाइनल राउण्डमा आइपुगेका प्रतियोगीहरुले निर्णायक र श्रोता र दर्शकको भोटबाट पाएको अङ्कका आधारमा प्रथम दितिय र तृतिय बिजेताको नाम घोसणा गतिएको थियो ।