आरजे डोमा तामाङ गायन क्षेत्रमा जम्दै


अनलाईन वेभ टि•भी
संबाददाता,सौल

आवाजको तरंगबाट रेडियो कार्यक्रम प्रस्तोताको रूपमा श्रोता समक्ष बिभिन्न कार्यक्रम मार्फत परिचीत नाम डोमा तामाङको परिचय फेरिएको छ।

आफ्नै आवाजमा रेकर्ड गीत (चौरीलाई चराउदै आउनु है च्याङबा)
श्रोताहरू सामु यसै साता नेपाल प्राईड टि•भी यु ट्युव च्यानलबाट सार्वजानिक गरेर गायन क्षेत्रमा प्रवेश गरेकी छिन।

राजा माबोको शब्दमा निराश मगरको संगीत रहेको यस गीतमा
संगीत संयोजन सुमन के•सीले गरेका छन । गीतको स्टुडियो भिडियो बडा दशैको बिशेष कोशेली स्वरूप श्रोताहरू सामु सार्बजानिक गरेकी हुन।

सेलो गीतबाट गायन क्षेत्रमा प्रबेश गरेकी डोमा संगीत साधना बिना रहरमा मात्र आफु नलाग्ने बताउछिन। संगीत क्षेत्रमै निरन्तर लाग्दै बिभिन्न स्वादको गीतहरू श्रोताहरू समक्ष पश्कने तयारी गर्दै अघी बढ्ने बताउछिन।

संगीतको औपचारिक शिक्षा गुरू निराश मगर संग चाबेल चुच्चेपाटी स्थित Feture culture मा लिईरहेकी छिन।

डोमा सोलुखुम्बुको फाप्लुमा जन्मिएका हुन। उनले उच्च शिक्षा अध्यान सल्लेरी ज•ज मा•बी बाट गर्दै करिब ३ बर्ष दुधकोशी F.m मा लोक प्रिय कार्यक्रम ( मेरो म्यासेज मेरो चोईज )जस्ता कार्यक्रम सञ्चालन गरेर लाखौको ढुकढुकी बनेकी आरजे डोमाले बिभिन्न कार्यक्रमहरूमा उद्घोषण तथा डिजे समेतको अनुभव बटुलेकी उनी साहित्य लेखनमा समेत दख्खल राख्छिन।

फर्साईलो,मिलनसार स्वभावकी सुरीलो स्वरकी धनी डोमा गुरू बर्गहरूको आशिर्वाद सदैव शिरमाथी राखेर संगीतको साधक बन्ने धाउन्नेमा हाल संगीत बिषयमा ललित कला क्याम्पसमा अध्यानरत छिन।

भिडियो तल