उत्तमको “हारेको मान्छे “सार्वजनिक


wave Tv-प्रवासमा रहेर कलम चलाउनहरुको भीडमा एउटा फरक नाम हो उत्तम खजुम ।एकपछि अर्का मार्मिक गीत लिएर बजारमा आएका गीतकार उत्तमको उत्कृष्ट शब्दले जो कोही श्रोताको मन सहजैं छुन्छ ।
               धेरैं युवाहरु रोजगारको शिलशिलामा कोरिया पुगेका छन् । कोरिया पुगेका मध्ये धेरैंजसो चिन्ता र तनावको शिकार भएका छन् ।दुख,पिडालाई उर्जामा परिवर्तन गर्न सकियो भने मानिसले सफल बन्छ । जसको उद्दारण हुन् गीतकार तथा गजलकार उत्तम ।
‘भुल्न खोजे’को सफलतासंगैं हौंसिएको उनले “म त हारेको मान्छे”बाट झनैं सफलता चुम्नेमा आफु दृढ छन् ।
कोरियामा कार्यरत चर्चित युवा संगीतकार डि आर अटुको  मिठो संगीतमा रहेको यो गीतमा सुमुधुर आवाजका धनी गायक स्वरुपराज आचार्यको स्वर सुन्न सकिन्छ ।

 खजुमले गीतमा जीवनको उतार चढाव, प्रेम वियोगको जीवन यात्रालाई शब्दमार्फत उधिन्ने काम गरेका छन् ।यो गीत राजु कार्कीले एरेन्ज ,चन्द्र चौधरीले  मिक्सिङ र विप्लव अधिकारीले रेकर्डिङ गरेका हुन् ।
         यस भिडियोमा जीवनराज खत्री, जानवी बोहोरा र सृष्टि खड्काको अभिनय रहेको छ भने निकै व्यस्त निर्देशक जीवन साहीको निर्देशनमा बनेको  यो भिडियोमा चक्र महर्जनको छायांकन रहेको छ ।अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।
उत्तम खजुमको “अदम्य” एल्बम भित्र समावेस गरिएको यो गीतको अडियो सिडिएम म्युजिक क्रीएसनको रहेको छ भने भिडियोलाई नेपाली आर्ट म्युजिक ग्यालेरीले युट्युब मार्फत सार्वजनिक गरिएको छ ।