मनिताको शिरूपाते खुकुरीको म्युजिक भिडीयो सार्बजनिक


उमेश शेरालुंग-काठमाण्डौं

गायिका मनिता राईको “शिरूपाते खुकुरी” एल्बममा समावेस हुने शिरुपाते खुकुरी बोलको म्युजिक भिडीयो Songs Nepal you tube च्यानल बाट आज सार्बजानिक भएको छ।

अमेरिका स्थित न्यु योर्क निबासी प्रेम राईको लगानीमा बनेको उक्त भिडीयोमा मोडल स्वयम राई र अहिलेका चर्चित सुन्दरी एलिसा राई फिचर भएका छन्। युवा गजलकार सुनिल दिप्त राईको शब्दमा तारा प्रकाश लिम्बुको संगीत, शाहास शाक्यको संयोजन, उत्सव दाहालको क्यामेरा, शृगार लोकेश थापा, ईडिट निशान घिमीरेले गरेको म्युजिक भिडीयोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्।

भिडीयो यु ट्युव मार्फत सार्बजानिक हुन अघि ख्याती प्राप्त टेलि भिजनहरू ईमेज च्यानल,कान्तिपुर टि•भी ,जनता टेली भिजन,एपी वान टि•भी लगायतमा प्रसारण हुदै आएको छ । त्यस्तै F.M हरूमा समेत गीतहरू बज्ने क्रम भईरहेको छ।

नजर के जुधेको थियो गजलको अपार सफल्ता पछि गीत संगीतको यात्रा सुरू गरेकी गायिका मनिता राई पहिलो गजल गीतबाट दर्शक श्रोताहरूको मन मुटूमा बस्न सफल भएकी हुन। पहिलो गजल गीतको चर्चा सेलाउन नपाँउदै दोस्रो गीतको रुपमा सिरुपाते खुकुरी दर्शक श्रोता सामु पस्केकी हुन्।

गीतको मुल आशय गाँउबाट लाखौ नेपालीहरु शहर, शहरबाट बिदेश पलायन भई बिस्वको कुना कुनामा रहेता पनि स्वदेश र गाँउघरको माया प्रगाढ हुन्छ। जो जहाँ भए पनि आफ्नो पन र गाँउघर र स्वदेशको याद दिलाई राख्न यस्तो खालको गीत तयार पारेकी उनि बताउछिन्।

एल्बमको तयारीमा रहेकी गायिका मनिता राईको यो गीत रेकर्ड पश्चात गीतहरू आउने क्रम सुरू भएको छ । आफ्नै एल्बम भित्रको गीतको काम धमाधम भईरहेको बेला अन्य ठाँउ बाट समेत अवसरको ढोका खुल्दै गएको छ। मंसीर १० गते हुन गईरहेको चुनावको चेतनाबादी गीतहरू ४ वटा रेकर्ड गर्ने मौका समेत गुमाईनन्। अझै गर्ने क्रम जारी रहेको गायिका बताउछिन।

पुरा गीतको भिडीयो हेर्नुहोस्।