ब्रेन ट्युमर बिरामी दिपा राई लाई कोरिया बाट रु. ६४,३७२ प्राप्त सहयोग हस्तान्तरण।


अनलाइन वेभ टिभी-संवाददाता
काठमाडौँ

ऎसेलुखर्क गाउँ  पालिका वाड नं.-२ साविक बाकाचोल गाबिस. वाड नं-२ बादेल निवासी ब्रेन ट्युमर बिरामी दिपा राई लाई गत पौष १७ गतेका दिन कोरियाबाट प्राप्त रु. ६४,३७२  सहयोग रकम हस्तान्तरण भएको छ।

ओखल्ढुङ्गा जिल्ला मानेभन्ज्यांग गाउँपालिका वार्ड नं.-१, निवासी हाल दक्षिण कोरियामा कार्यरत चोइस किराँती ज्यु को पहलमा कोरियामा रहेका नेपालीहरु बाट सहयोग संकलन गरि पठाइएको चौसठि हजार तिन सय बहत्तर  प्राप्त भएको रकम गत सोमबार १७ गते उहाँको श्रीमती विष्णु राईको हातबाट बिरामीको बुबा बिर बहादुर राइको हातमा हस्तान्तरण गरिएको हो।
बुबा बिर बहादुर राई र आमा ध्रुब कला राईकी छोरी कक्षा-७ मा अध्यानरत दिपा राईको मंसिर ५ गते टिचिङ्ग हस्पिटलको रिपोर्ट अनुसार देब्रे गाला र कानको पछाडी पट्टि भागबाट मासु पलाएर दिमाग सम्म पुगी ब्रेन ट्युमर भएको र उनको उपचार नेपालमा हुन नसक्ने भै उपचारको लागि Jain ENT Hospital , Jaipur India लानु पर्ने भनिए पनि बिरामीको अवस्था कम्जोर भएको कारण जति सक्दो चाडो उपचार गर्नु पर्ने  भएकोले बीर हस्पिटलको डा. प्रोफेसर गोपाल रमण शर्मा को सल्लाह अनुसार उहाको टिमले हाल चाबहिल मित्र पार्क स्थित धिर्घायु गुरु हस्पिटलमा पहिलो चरणको ओपरेशन पश्चात वार्डमा उपचार्थ रहेकी छिन।