को होला १० लाख पाउने भाग्यमानी ?? RISE FOR NEPAL CONCERT (BUPUL CHHETRI &THE TRAVELLING BAND FEB 16,2018


मनोरञ्जन / प्रवास ,Feb 02 ,By Admin

     जी एम ई(GME Remitance) द्वारा “राइज फर नेपाल कन्सर्ट २०१८” का सहभागी दर्शकहरु मध्ये एक जना भाग्यमानी लाई १० लाख कोरियन वन उपहार दिने घोषणा गरेको छ। उक्त कार्यक्रममा सहभागी मध्य एक जना सहभागीलाई कार्यक्रम पश्चात लक्की ड्र मार्फत १० लाख कोरियन भाग्यशाली उपहार प्रदान गरिने आयोजक समितीका सदस्य सन्तोष सिग्देलले जानकारी दिनुभएको छ।

 नेपालमा रहेका अनाथ बालबालिकाहरूको स्वास्थ्य र शिक्षामा आमूल परिबरतन ग़र्ने सोच बोकेर हिडिरहेको संस्था राइज फर नेपाल सहयोगार्थ कोरियाका २ दर्जन भन्दा बढी सामाजिक अभीयन्ताहरुको समुह “Buddha Entertainment” (बुद्ध इन्टरटेन्मेन्ट) ले RISE FOR NEPAL CONCERT (BUPUL CHHETRI & THE TRAVELLING BAND )आयोजना गर्दै छन् । BIPUL I

कोरियाली नयाँ बर्ष सल्नालको दोस्रो दिन अर्थात् आगामि फेर्ब्रुअरी १६ कोरियाको राजधानी सौल स्थिति ख्वाङनारु स्टेसन लाइन न ५ स्थित Live 24 Hall मा सो सांगीतिक महामेला आयोजना हुनेछ। “” चर्चित गायक बिपुल क्षेत्री सग सगै सो सांगीतिक कार्यक्रममा नेपाल अाईडलका प्रतिस्पर्धी अफ्सर अलि र साहिल अलिल, यसैगरि नृत्याङ्गाना निरा थापा मगरले पनि आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिनेछन्।BIPUL3 लगभग कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ , कोरियामा कार्यक्रम गर्न हामिले सरकार बाट मान्यता समेत पाइसकेका छौं , आवस्यक टिकटहरु कोरियाको मुख्री सहरहरु मा सजिलै पाउन सकिन्छ, यो सामाजिक कार्यमा यहाँहरु सबैको सहयोग मिल्नेमा हामी आशाबादी छौँकमिटीका सदस्य सन्तोष कुमार राई ले भन्नुभयो।

नेपालमा रहेका अति विपन्न र असहाय बालबालिका हरुको क्षेत्रमा काम गर्दै आएको ‘राइज फर नेपाल’(RISE FOR NEPAL)को सहयोगार्थ गर्नलागेको सो सांगीतिक कार्यक्रम विश्व प्रसिद्ध हस्तीहरुले आफ्नो प्रस्तुति गरिसकेको सौलको सुबिधा सम्पन्न अन्तर्राष्ट्रिय कन्सर्ट हल “एस ट्वाण्टी फोर हलमा हुनेछ,“एस ट्वाण्टी फोर हलमा सो कार्यक्रम नेपाली समुदायले गर्न लागेको पहिलो कार्यक्रम हो। दर्शकहरुको रोजाइमा फरक सांगीतिक स्वाद चखाउन बिपुल क्षेत्रीलाई कोरिया ल्याउन लागिएकोले कार्यक्रम मा उल्लेख्य सहभागी हुनेमा आयोजक समूह ढुक्क छ ।

जि एम ई रेमिट्यान्सले मुख्य प्रायोजन गरेको सो कार्यक्रममा दुर्गा रेस्टुरेन्ट हस्पिटालिटी पार्टनर र यसैगरी पुणिमा रेस्टुरेन्ट ,ग्रेट हिमालय रेस्टुरेन्ट र नारायणी प्यालेस रेस्टुरेन्ट सह प्रायोजकको रुपमा रहेका छन्। भने अनलाइन वेभ टिभी , नयाँ दैनिकी डट कम, इ पि एस छिङु,रेडियो गोर्खाली, फोनिज कोरिया लगाएका मिडियाहरु मिडिया पार्ट्नर रहेका छन् ।

(बिज्ञापन)

बिज्ञापनsharp add foto