करोड लगानीका ट्राभल एजेन्सी मालिक सन्तोष नेपाली (भुसाल)


लाखौं युवाहरु विदेशिएपछि उतैंतिरको सुखसुविधा र रमाईलोमा भुल्छन्,पलायन हुन्छन् । थोरैं व्यक्तिमात्र ती सब कुरा भुलेर आफनो देशमा संघर्ष गर्ने प्रण गर्दछन् ।तीमध्येका एक युवा हुन् सन्तोष नेपाली (भुसाल
0।

५ बर्षसम्म ईपिएसमार्फत कोरियामा रोजगारी गरेर फिरेका सन्तोषले नेपालमैं केही गर्ने सोच बनाएर कुखुरा पालनको तयारी गर्दागर्दै दाई कुमारले ट्राभल एजेन्सीमा लगानी गर्न सुझाब दिएसंगैं उनी अघि बढे ।
शुरुवाती लगानी ९० लाख गरेका दुई दाजु भाइले हाल करोड बढी खर्चेर पर्यटकीय शहर ठमेल भगवानवहालस्थित छाया सेन्टरको दायामा फलाईट ट्रयाकर ट्राभल एन्ड टुर प्रा लि खोलेर राष्ट्रिय अन्र्तराष्ट्रिय टिकटिंग,ट्राभल एन्ड टुर,चाईनिज,स्पेनिस,अंग्रेजी र नेपाली भाषा कक्षा लगायतका अन्य काम गर्दै आएका छन् ।मानिससंग भिजन र पैंसा भए नेपालमैं केही सकिने बताउने संतोष अन्य व्यापार व्यवसायमा साथी भाइहरुसंग मिलेर लगानी गर्न आफु आतुर रहेको बताए ।

पर्यटकको सुविधाको लागि फलाईट ट्रयाकरले दुई वटा Scorpio गाडी लिएर काम गरीरहेको छ ।फलाईट ट्रयाकरको प्रबन्ध निर्देशक सन्तोष नेपाली (भुसाल)संग व्यवसाय विस्तार तथा लगानीको बारेमा फोकस कोरियाको लागि ऐश्वर्य श्रेष्ठले गर्नुभएको कुराकानी फोकस कोरिया युटुब च्यानल सब्सक्राईब गरी तलको युटुब लिंकमा गएर हेर्नसक्नुहुनेछ ।लिंक