मट्टी मालाको गीत संगै बबिना किराँतीको चर्चा यसरी चुलियो


अनलाईन वेभ टि•भी
संवाददाता,सौल

नेपाली चलचित्र मट्टी मालाको गीत संगै गायिका बबिना किराँतीको अहिले चौतर्फी चर्चा छ । बबिना र बिक्रम राईको आवाजमा रहेको गीतको भिडीयो अहिले सर्बत्र चर्चामा छ।

चलचित्रको शिर्ष गीतमा गायिका बबिना किराँती र बिक्रम राईको आवाज रहेको बेची दिन्थे यो जवानी बोलको उक्त गीतमा चर्चित नायिका प्रियंका कार्की, लोकप्रिय अभिनेता बुद्धी तामाङ, सीसीर राना, पृथ्वि राई, चिरन राई लगायतको अभिनय रहेको छ । डुब्यु संगीतकार सुमन राईको उत्कृष्ट संगीत रहेको छ। यो गीतको चर्चासँगै पृथक गायन शैलीका कारण बबिना किराँतीको चर्चा चुलिएको छ। उनको गायकीको पनि यो बेला निकै चर्चा चलिरहेको छ।

मेरीबास्सै का चर्चित जोडी हनुमाने (बुद्धी तामाङ) र मङ्गली (रजनी गुरुङ) को रोमान्स रहेको मट्टीमालामा प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । यसैगरी चलचित्रमा शिशिर राना, नेपाली टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, सङ्घ्या श्रेष्ठ, टेकराज लाङ्घाली,विक्रम लामा, दिपक आचार्य लगायतको अभिनय रहेको छ । पौरखी फिल्म्स प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा टेक पौरखीको लेखन तथा निर्देशन रहेको छ भने निर्माताको रुपमा पृथ्वि राई स्वयम् रहेका छन् ।

जेठ २५ गते रिलिज हुने चलचित्र पारिवारिक,रोमान्स तथा कमेडीले भरिएको छ । हनुमाने–मङ्गली को अनस्क्रिन केमिस्ट्री तथा नेपाली टोनी जाका नामले परिचित स्टन्ट म्यान चिरनको एक्सन तथा प्रियंका कार्कीको विशेष भूमिकाका कारण चलचित्रलाई वहुप्रतितिक्षित मानिएको छ । राहुल राईको छायांकन रहेको चलचित्रमा सम्पादन तथा भिएफक्स अनिल कुमार महर्जनको रहेको छ । यसैगरी सुमन राईको संगीत रहेको यस चलचित्रमा गीतकार जानु काम्बाङ लिम्बु, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ रहेका छन् ।

चलचित्रमा विक्रम राई, सुन्दर लामा, सुमन राई, आनन्द राई, चन्द्र लामा, बबिना किराती, अमृता लिम्बु र संगीता थापाको स्वर रहेको छ । कविराज गहतराज, राजेश पुमा राई र दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको चलचित्र मट्टीमालामा ड्रेस डिजाइनर सीमा राई, साउन्ड डिजाइनर निरज केसी, ब्याग्राउण्ड स्कोर सुजिल कर्माचार्य, डबिङ तथा लाईभ इफेक्ट्स सुजन वादल, कलर अनन्त घिमिरे, एक्सन राजेन्द्र चौधरी, पव्लिसिटी डिजाइन टाउवा क्रिएशन, थिएट्रिकल ट्रेलर साहिल खान, प्रोडक्सन म्यानेजर मधु आचार्य, इक्विपमेन्ट सिने फोकस, पोस्ट प्रोडक्सन सिने जोन, ड्रोन राज महर्जन, डिजिटल राइट्स हाइलाइट्स नेपाल र चिफ असिस्टेन्ट डिरेक्टर टेकराज लाङ्घाली रहेका छन् ।

भिडीयो लिङ्क तल