नेपाली तारा सन्तोष लामाले खाए कोन्ज्योसोमको कसम


अनलाईन वेभ टि•भी
संवाददाता,सौल

नेपाली तारा सन्तोष लामाको कोन्ज्योसोमको कसम अहिले बजारमा चर्चामा रहेको गीत हो। गायक सन्तोष लामाले उक्त गीतमा पहिलो पटक आफै शब्द संगीत भरेका हुन् ।गीतको संगीत संयोजन भने चाँद सिंहले गरेका छन ।बुद्ध धर्ममा तीन शक्तिशाली भगवानको नाममा खाइने कसमलाई लिएर लामाले कोन्ज्योसोममा शब्द छनोट अर्थपुर्ण राखेका छन । लामो समयदेखि मूलधारको संगीतमा नदेखिएको आरोप खेपिरहेका नेपाली तारा दोस्रो श्रृङ्खलाका लामाले यो गीत यस्तो आरोप लगाउनेहरुलाई जवाफ हुनसक्ने बताए ।

‘व्यावसायिक गीतहरु धेरै गाउन छाडेको थिएँ,’ लामाले भने, ‘एउटा साधक भएर लागिरहेको थिएँ– संगीतमा । तर, कहिलेकांही यस्ता गीतहरु पनि गाउनु पर्ने हुँदो रहेछ ।’गीतको भिडियो पनि युट्युबबाट सार्वजनिक भएको छ ।भिडियोमा छुल्ठिम गुरुङ, विशाल लामा, तामाङ सुपरस्टार कुमार मोक्तान, अनिता गोलेलगायतको अभिनय रहेको छ । यो गीतको भिडियोलाई सुमन सिंग्दान लामाले निर्देशन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । सुबोल थापाको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।

भिडीयो लिङ्क तल