कि•रा•य बुसानले यही आईतबारको दिन ( MAY 27) साकेला उभौली मनाउदै


संवाददाता,सौल

दक्षिण कोरिया किराँत राई यायोक्खा बुसान कार्यसमितिले यहि आउदो मे २७ तारिख आइतबारको दिन साकेला उभौली पर्व मनाउने तयारी गरेको छ ।

किराँत राई यायोक्खा मुल समितिले यही मे ६ तारीख चर्चित गायिका सरला राईको साथमा यायोक्खा बुसान कार्यसमितिले बुसानमा साकेला उभौली पर्व मनाउने तयारी गरिएको यायोक्खा बुसान कार्यसमितिको अध्यक्ष आनन्द राईले बताउनु भयो ।

यो चाड विशेष गरेर वसन्त ऋतुको आगमन संगै बाली नाली लगाउने समय अर्थात् बैशाख पुर्णिमाबाट सुरु भएर महिना दिनसम्म मनाइने उभौली पर्ब समयमै वर्षात होस्, अन्नबाली राम्रो होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामना गर्दै ढोल ,झ्याम्टाको तालमा नाचेर मनाइने यस पर्व अवधिभरि प्रकृति पुजक किरात-राई समुदायमा घरदेखि गाउँ-टोल हुँदै साकेला थानमा भेला भएर सामूहिक रूपमा साकेला मनाइने चलन छ।

अन्नबाली छरेको, रोपेको, गोडेको, टिपेको, थन्क्याएको, धागो बाटेको, कपडा बुन्नेको, चरा चुरुङ्गी नाचेको आदि अभिनय गर्दै नाचिने यस पर्व किराँत समुदायको मौलिक संस्कृतिको रुपमा लिने गरिन्छ ।

साथै बुसान एरियामा रहनु भएका सम्पुर्ण किराँती दाजुभाइ ,दिदिबहिनी लगायत नेपाली दाजुभाइ दिदिबहिनी विभिन्न जातिय क्षेत्रीय संघ सस्था लाई उपस्थिति को लागि आयोजक किरात राई यायोक्खा बुसान कार्यसमिति ले हार्दिक अनुरोध गरेको छ।

स्थान :- साम्राक खोङ्वन सासाङ , बुसान
मिति :- २७ मे २०१८
समय:- दिनको ठिक १२ बजे