प्रथम कन्काई कप फुटबल प्रतियोगिताको टाईसिट सार्बजानिक


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

प्रथम कन्काई कप फुटबल प्रतियोगिताको टाईसिट सार्वजनिक, नेपाल फुटबल महासंघ दक्षिण कोरिया र पुर्वाञ्चल ११ का भु.पु. खेलाडीहरूको मैत्रीपूर्ण खेल हुँदै।
२३ जुलाइ २०१८, सिओल
झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिताको खेल समय तालिका सार्वजनिक गरेको छ। समाजका अध्यक्ष राजु सन्तोषी थापाको अध्यक्षतामा कुल २० टिमको सहभागिता सहित “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि जुलाइ २९ तारिक सिओलको सोयोसन फुटबल ग्राउन्ड र दोङदुछन फुटबल ग्राउण्डमा सम्पन्न गर्ने गरी टाईसिट कार्यक्रम सम्पन्न भएको छ । यसपाली अत्याधिक गर्मी मौसमको कारणले पहिलो राउण्डमा १ घण्टा २० मिनेट र क्वार्टर फाइनल र फाईनलमा करिब ४० मिनेट आराम समय मिलाएर तालिका सार्वजनिक गरेको जनाएको छ। यसैगरी आराम समयमा नेपाल फुटबल महासंघ दक्षिण कोरिया र पुर्वाञ्चल ११का भु.पु. खेलाडीहरू बिच पनि मैत्रीपूर्ण खेल हुने भएको छ।
खेलाडीहरूको उमेर हद ४० वर्ष काटेकोले मात्र सहभागी हुन सक्ने जनाएको छ।
यसैगरी प्रतियोगितामा सहभागी जम्मा २० टिम मध्येमा १२ खेल सोयोसान फुटबल ग्राउण्डमा र ८ खेल दोङदुछन फुटबल ग्राउण्डमा गर्ने गरि औपचारिक कार्यक्रम र फाईनल खेल भने सोयोसान फुटबल ग्राउण्डमा सम्पन्न हुने जानकारी दिएको छ।
प्रतियोगिता बाट प्रथम हुने टिमलाई नगद २५ लाख कोरियन वन र द्वितीय हुने टिमलाई नगद १२ लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र,मेडलले सम्मानित गरिनेछ। साथै उत्कृष्ट गोलकिपर , धेरै गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमलाई लाई पनि उचित पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मानित गरिने कुरा जानकारी भएको छ।
फुटबल प्रतियोगिता सगै बिभिन्न नेपाली खानाका परिकारहरु बनाइने आयोजकले जानकारी दिएको छ। फुटबलको रमाइलो सगै नेपाली खानाको स्वाद पनि लिन सकिने छ । प्रतियोगिता भब्य सभ्य र आनुशासित भएर गराइने समाजका अध्यक्ष राजु सन्तोषी थापाले बताउनु भएको छ। कोरियामा विभिन्न पेशामा आबद्ध रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ। उक्त प्रतियोगितामा फुटबलको मजा सहित नेपाली खानाको परिकारहरूको स्वाद पनि लिन सकिने छ। प्रथम कन्काई कप फुटबल प्रतियोगितालाई सभ्य र भव्यरुपमा सफल बनाउनका लागि सम्पूर्ण झापाली, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरुमा सहयोग गरिदिनुहुन समेत अनुरोध गरेको छ।सहयोगको लागि सम्पर्कः
राजु सन्तोषी थापा
०१०६२४५२४६९
रकम जम्मा गर्नको लागी खाता नं.
LIMBU KABI RAJ
KEB 하나 은행 ( 외환)
a/c no: 620223480004
सम्पर्क: ०१०४६९४८४९१