जुजारु युवा नवीन बास्कोटा झापाली समाज कोरियाको अध्यक्षमा निर्बिरोध चयन


जुजारु युवा नवीन बास्कोटा झापाली समाज कोरियाको अध्यक्षमा निर्बिरोध चयन भएका छन्। कोरियामा कार्यक्षेत्र बनाइ रहेका झापाली हरुको साझा संस्था झापाली समाज कोरियाको गत फेब्रुअरी ३ तारिखमा सौलमा आयोजना गरिएको छैठौं अधिबेशनले उक्त नेतृत्व चयन गरेको हो।

 

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष – नवीन बाँस्कोटा बरिस्ठ उपाध्यक्ष -प्रवेश फियाक लिम्बु उपाध्यक्ष– कृष्ण चापागाईं महासचिव -अजय श्रेष्ठ कोषाध्यक्ष -केशव चापागाईं र सदस्य अनिल हाङ लिम्बू रहेका छन् भने आवश्यकता अनुसार अन्य सदस्यहरु थप गरिने बताईएको छ।निर्वाचन मण्डलका संयोजक के पि सिटौलाले नवनिर्वाचित कार्यसमिति लाई सफत ग्रहण गराएका थिय।  जे बोलिन्छ त्यो गर्नुपनी पर्छ भन्ने मान्यता राख्ने पालतो जिउढाल , हसिलो अनुहारका मिलनसार युवा बास्कोटा पछिल्लो समय कोरियामा निकै चर्चित छन् । सामाजिक कार्यमा निकै रुचि राख्ने उनी कोरियामासक्रिय अन्न सामाजिक संस्थाहरुमा समेत आबद्ध छन् ।

कोरियामा रहेका संस्था मध्ये निकै सक्रिय र परिचीत साबिक झापा मिलन समाज ले आफ्न नाम परिवर्तन गरि झापाली समाज राखेको छ। अन्य देशमा रहेका झापाली मिलन समाज सग नाम मिल्ने गरि सो नाम परिवर्तन गरिएको जनाएको छ। संस्थाले काम छोडेर बस्ने नेपालिहरुको सहयोगका लागि सुवनमा सेल्टर संचालन गरेको छ भने जिल्लामा समेत विभिन्न सहयोग गर्दै आएको छ।