कविता ” कहर भित्रको रहर ” आरोही मादेन


थाहा छैन,
कहाँसम्म चल्ने हो यात्रा ?

आ-आफ्नै सपनामा मग्न भई
दौडिरहेका छौं हामी
जिन्दगीको नन-स्टप रेलहरु भएर ।

तिमी,
एक जिम्मेवारी र अभावको कुम्लो बोकिहिड्ने
लामब्वद्ध बाटोको बटुवा हौं ।

म,
अकरको बाटोमा दु:ख र पीडा सम्हाली
रेगिस्तानको बालुवासंगै उडिहिड्ने
एक जीवनको यात्री छु ।

एक्ला-एक्लैको हाम्रो यात्रामा
बढ्दैबढ्दै गइरहेछ हामीबीचको दुरी।

अचानक आज,
मनमा एउटा चाहनाको मुना पलाएको छ,
जिन्दगीको एउटा टापुमा उभिएर
तिमीसंग प्रेमपूर्ण रंङ्गमा खेल्ने
र तिम्रो हातको रंङ्गले पोतिएर
रङ्गिन पुतली झैं बनी
तिम्रो स्वामिपमा झुम्दै, तिम्रै रंङ्गमा फूल्ने
एक अदृश्य रहर !