जीएमई प्रयोगकर्तालाई बम्पर अफर, चन्द्रागिरीमा केबुलकार फ्रीमा

By Shiva bhusal Saturday, 2019-04-06 मा प्रकाशित

वेभ टिभि संवाददाता
२३ चैत, द.कोरिया ।
कोरियाबाट सञ्चालित जिएमई रेमिट्यान्स कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । एप्रील १ देखि मे ३० सम्म चल्ने उक्त योजनामा जिएमीसँग कारोवार गर्ने ग्राहक मध्येबाट हरेक हप्ता गरिने लक्की ड्र का विजेतालाई एक वर्षकोलागि डिसहोम फ्रि मा उपलब्ध गराईने र एप्रिल महिनाभर तीन लाख वन क्यास पेमेण्टमा पैसा पठाउँदा सेवा शुल्क निशुल्क गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले जीएमई गोल्ड कार्ड स्किम पनि सार्वजनिक गरेको छ । जस अन्तर्गत जिएमई गोल्ड कार्ड भएका ५ ओटा सम्म ट्रान्जेक्सन गर्ने ग्राहकलाई वर्षभरी चन्द्रागिरी केवलकारको टिकट फ्रि गरिएका र उक्त कार्ड कोरियामा पनि बस वा ट्रेनमा यात्रा गर्दा प्रयोग गर्न सकिने जिएमईका नेपाल तर्फका मार्केटिङ म्यानेजर धर्मराज गौतमले जानकारी दिए ।
जिएमईले सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिदेखि नै आफ्ना ग्राहकलाई १ करोड ५० लाख वन बराबरको जिएमई ईन्स्युरेन्स सेवा पनि दिँदै आएको गौतमले बताए ।