के सफल होला फेसबुकमा ‘न्युज सेक्सन’ राख्ने जुकरबर्ग सोच


एजेन्सी । फेसबुकले समाचार सामग्री राख्नका लागि पनि नयाँ तह राख्ने संकेत गरेको छ । करिब एक वर्ष भन्दा बढी समयदेखि फेसबुकले समाचार कम राख्ने भनिरहेको बेलामा सो कम्पनीका प्रमुख मार्क जुकरवर्गले उनीसँग नयाँ उपाय आएको बताएका छन् ।

उनको नयाँ योजनाअनुसार उनी फेसबुकमा एउटा यस्तो सेक्सन बनाउन चाहन्छन् जहाँ उच्च गुणस्तरका समाचार राख्न सकियोस् । र, त्यो ठाउँमा समाचार उपलब्ध गराएबापत फेसबुकले प्रकाशकलाई मूल्य समेत तिर्नेछ । जुकरबर्गले सो योजना एक्सेल स्प्रिन्गरका प्रमुख कार्यकारी अधिकृत माथियाज डोफनरसँगको छलफलका क्रममा बाहिर ल्याएका हुन् । उक्त भनाई फेसबुकले रेकर्ड गरेर पोस्ट पनि गरेको छ ।

उनले आफूहरु गुणस्तरीय पत्रकारिताबाट समुदायलाई सुसूचित गर्ने पक्षमा रहेको जनाएका छन् । त्यसो गरिएमा फेसबुकले उच्च गुणस्तरीय समाचारका लागि न्यूज ट्याबको प्रयोग गर्नुपर्नेछ । त्यसमा बिजनेश मोडेल र इकोसिस्टम जस्ता विषय सम्बन्धी सामग्री हुन सक्नेछन् । डोफनरसँगको कुराकानीका क्रममा जुकरबर्गले फेसबुक फिचर त्यसखालको बनाएपछि प्रयोगकर्ताले धेरै समाचार सामग्री खोजेमा त्यो पाउनेछ ।

यसो गर्दा प्रकाशकसँग उनको कम्पनीको प्रत्यक्ष सम्बन्ध पनि हुन सक्छ । उनीहरुलाई तिनको सामग्री उपलब्ध रहेको बताउन सकिनेछ । समाचार सामग्री उच्च गुणस्तरको हुनुपर्ने समेत उनले जनाएका छन् । त्यस अन्तर्गत प्रकाशकलाई लाइसेन्स शुल्क तिर्न सकिने पनि जनाएका छन् ।

उनले सो अवसरमा समाचार पढ्ने प्रयोगकर्ताले रकम तिर्नुपर्ने सम्भावनाका बारेमा भने केही पनि बोलेनन् ।

जुकरबर्गको सोचको बारेमा जानकार एक व्यक्तिले भने प्रयोगकर्ताले समाचार निःशुल्क पढ्न पाउने जनाएका छन् । यो राजश्वको विषय नभएको उनले उल्लेख गरेका छन् ।

जुकरबर्गले यसबारेमा आफूहरु अहिले सोचेको भन्दा भिन्न हिसाबले पनि आउन सक्ने जनाए । अहिले स्पेसमा रहेका अन्य खेलाडीले समाचारलाई राजश्व उठाउने माध्यमका रुपमा लिएको उनको भनाइ थियो । आफूहरुले त्यसरी नसोच्न पनि सक्ने उनको तर्क रहेको छ। त्यो नै फेसबुकको मुख्य विशेषता हुन सक्ने जनाइएको छ ।

प्रकाशकहरुसँग केही रणनीति अपनाउन खोजिएको तर उनीहरुलाई प्रत्यक्ष रुपमा रकम नतिरिएको समेत जनाएका छन् । बरु उनीहरुलाई आफ्ना सामग्री राख्नका लागि लोभ्याउने काम गरेको बताएका छन् । फेसबुकभित्र यस विषयमा व्यापक छलफल भइरहेको र आन्तरिक रुपमा यसबारेमा तयारी समेत थालिएको बताइएको छ ।