नेपाली युवती तस्करी गरी क्लवमा यौन कर्मसम्म गर्न लगाउने बेलायती


काठमाडौं, ३ वैशाख । अफ्रिकी मुलुक केन्याको क्लबमा एक बेलायती नागरिकले नेपाली युवतीलाई तस्करीमा लगी प्रयोग गरेको खुलेको छ ।

केन्या प्रहरीले छापा मारी शनिबार १२ नेपाली युवतीसहितलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाइले न्यालीस्थित क्लबमा नेपाली युवतीको प्रयोग गरेको खुलेको हो ।

अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा सोमबार सोही विषयमा मुद्दा दायर भएको छ ।

ती नेपाली महिलाहरुलाई मार्च १३ देखि १४ को बीचमा झुक्याएर क्लबमा प्रयोग गरिएको बताइएको छ ।

अलिभाइ रंगिला बार र एम्की प्लाजाका मालिक हुन् । दी स्टार डिजिटल पत्रिकाका अनुसार, उनीविरुद्ध मानव तस्करी गरेकोदेखि त्यसका लागि उक्साएकोलगायत ३ अभियोग दर्ता भएको छ ।

उनले आफूविरुद्ध लागेका सबै अभियोग सान्जु अदालतका सिनियर प्रिन्सिपल म्यजिस्टे«ट डेभिड ओडिएम्बोका अगाडि अस्वीकार गरेका छन् ।

स्टेट काउन्सिल सक्विलाले अभियुक्तसँग भारतसँगै बेलायतको पासपोर्ट रहेको र उनको पासपोर्ट जफत नगरी धरौटीमा छाड्दा देश छाड्न सक्ने खतरा रहेको औंल्याएको छ ।