सुरजनी केसीको हटपोज (फोटोफिचर)


ललितपुर, सानेपाकी स्थायी बासिन्दा सुरजनी केसीलाई ग्ल्यामर दुनियाँमा लाग्न परिवारबाट पूर्ण सहयोग रहेको छ । ‘मोडलिङमा लागेर छोरी बिग्रने भई भन्ने सोच मेरो परिवारले राख्दैन,’ उनी भन्छिन्, ‘हजुरबुबा नै नातिनी हिरोइन भएकोमा दंग हुनुहुन्छ ।’‘नेपथ्य’ बाट फिल्ममाडेब्यू गरेकी उनले ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘पसिना’ लगायत फिल्ममा काम गरेकी छिन् । विज्ञापन, म्युजिक भिडियोमा अभिनयका साथै भीजे र कोरियोग्राफी पनि गर्दैै आएकी उनी फेरि फिल्ममा अभिनय गर्ने सोचमा रहेको बताउँछिन् । ‘पसिना’को सुटिङ सकिएपछि अर्को फिल्ममा अनुबन्ध नभएकी उनी चित्तबुझ्दो स्क्रिप्ट पाए फिल्ममा काम गर्ने बताउँछिन् । सुरजनी भन्छिन्, ‘ग्ल्यामर क्षेत्रमा लागेपछि आइलाग्ने झन्झटलाई सामना गर्ने आँट गरेर नै यो क्षेत्रमा लाग्नुपर्छ । कसैले कसैलाई केही बनाइदिन्छु भन्ने गफको पछि नलागेर आफ्नो काममा दत्तचित्त भएर लाग्दा मात्र ग्ल्यामर दुनियाँमा सफल हुन सकिन्छ ।’ आफ्नो अभिनय क्षमता निखार्ने र आफूलाई अपडेट राख्न सक्दा मात्र यो दुनियाँमा टिक्न सकिने उनी बताउँछिन् ।

Source:Annapurnasampurna