काठमाडौं हुरी बतासको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशै भरी सामान्य देखि पूर्णबदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा र असिना पानीको सम्भावना रहेको छ ।
देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

आज राति पनि देशै भरी सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्का देखि मध्यम वर्षा र असिना पानीको संभावना रहेको तथा तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको जनाइएको छ ।

भोलि बिहीबार पनि वर्षाको सम्भावना रहेको र त्यसैगरी शुक्रबार पनि अधिकांश भूभागमा मौसम बदली हुने महाशाखाले जनाएको छ ।