चर्चित संगीतकार डी•आर अटुको संगीतमा हिन्दी गजल स्वरुपराज आचार्यको स्वरमा “ बहुत देर “को भिडियो सार्वजनिक


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

चर्चित संगीतकार डी•आर अटुको संगीतमा हिन्दी गजल स्वरुपराज आचार्यको स्वरमा “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । नेपालमा नै पहिलो पटक फरक किसिमको गजल प्रस्तुत भएको हो ।

किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट पनि दर्शक श्रोताको माया पाउने कुरामा आफु आशावादी रहेको उनले बताए ।

गजलमा प्रेम र विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ ।

जिवन श्रेष्ठको छायाँकन , अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । “ बहुत देर “ गजलमा सम्पदा बानिँया , सौरभ अधिकारी गान्धिव सुवेदीको अभिनय रहेको छ ।

भिडियो लिङ्क तल।

https://youtu.be/XEbK4vpUupU