काठमाडौंका आठ स्थानमा ट्राफिक बत्ती


काठमाडौं । काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो । काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुबै खालका स्थान छनोट भएको छ ।

ठेकेदार कम्पनीले कालीमाटी चोकमा बत्ती जडान गरिसकेको र पद्मोदय घुम्ती र सिंहदरबारअघि जडान गर्ने काम अन्तिम चरणमा पुगेको विभागका सुरक्षा तथा ट्राफिक शाखा महाशाखाका प्रमुख दिप बाराहीले बताए ।