चर्चित गायिका तायाहाङ्मा राई एकल साँझ मे १८ थेगु शहर, कोरियामा


अनलाईन वेभ टि•भी
संवाददाता,सौल

हाम्रो नेपाली घरसेल्टर ब्याबस्थापन सहयोगार्थ कोरियाको तेस्रो ठुलो शहर थेगुमा तायाहाङ्मा राई एकल साँझ यही मे १८ तारिखमा हुने भएको छ। आमा मेरी आमा,आउ तिमी, लोरी सुनाउ , कोई छ?, कता कता सपनीमा ,यहाँ रात लगायत दर्जनौं लोक प्रिय गीतहरूमा स्वर दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका तायाहाङ्मा राई संग यस पटक दर्शक श्रोताहरू एक साथ मनोरञ्जन गर्ने अवसर मिलेको छ।

नेपालीहरूको सुख दुखमा सहजता पुर्याउने अभिप्रायले खोलिएको नेपाली घर सञ्चालनको निम्ती आर्थिक जुटाउने उदेश्यले गर्न लागीएको उक्त कार्यक्रममा नेपालबाट ख्याति प्राप्त सुमधुर आवाजकी धनी गायिका तायाहाङ्मा राई आउने भएकी हुन। दर्जनौं गीतहरूमा आवाज भरेकी गायिकाको कान्छी एल्बमको सफलताको संगै हङकङको सांगीतिक कार्यक्रम सकेर कोरिया आउन लागेकी हुन। कार्यक्रम तारा रेष्टुरेण्ट, हाम्रो नेपाली घर( सेल्टर ) र विश्व नेपाली साहित्य महासंघ कोरियाको संयुक्त आयोजनामा हुने भएको हो।