छुसकमा NVG Dance Party हुने


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय शहर बुसान किम्हेमा कोरियालि पर्ब छुसकको अवशरमा रमाईलो NVG Dance Party हुने भएको छ । स्थापना कालदेखीनै रचनात्मक कार्यक्रम सँगै सामाजिक कार्यमा अग्रशर न्यु भिजन ग्रुपको आयोजनामा छुसकको पहिलो दिन अर्थात September-12 मा हुन लागेको सस्थाका सचिब जिबन शर्माले जानकारी दिनुभयो।

बृस्तित जानकारी केहि समय पछी सार्बजनिक गरिने जानकारी गराउदै अहिले सस्था पुर्ण तयारिमा जुटेको कोषाध्यक्ष रमेश श्रेष्टले बताउनु भयो ।
अन्य डान्स पाटी भन्दा पृथक अनि ब्यबस्थित हल सँगै सबैलाई पायक पर्ने मिती अनि स्थानमा गर्न लागिएको हुनाले सम्पुर्ण महानुभावहरुलाई निर्धक्क भएर उपस्थित भई भरपुर मनोरन्जन लिनुहुन सस्थाका उमेश राई ‘ठुले’ ले आग्रह गर्नुभएको छ ।