आदिवासी जनजाति महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा मिलन सोझे राई


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

नेपाल आदिवासी जनजाति महासंघ ख्यङसाङनाम्दो बुसान शाखा दक्षिण कोरियाको मे ११ शनिबार भएको दोस्रो अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा मिलन सोझे राई निर्विरोध चयन हुनुभएको छ। दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा रहेका विभिन्न संघसंस्था, बुद्दिजिवि, पत्रकार लगायतका व्यक्तिहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अधिवेशनबाट अध्यक्षमा राई सहित नयाँ कार्यसमितिको चयन भएको छ ।

नयाँ कार्यसमितिको चयन संगै पद तथा गोपनियताको सपथ ग्रहण पश्चात आफ्नो संक्षिप्त भनाइ राख्दै अध्यक्ष राईले महासंघको विधान क्षेत्राधिकार भित्र रहदैं सम्पूर्ण जातिय संस्थाहरुलाई समेट्दै अन्य संघसंस्थाहरुसंग आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई कायम राख्दै संस्थालाई अगाडि बढाउने कुराको प्रतिबध्दता गर्नुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको नामवली यसप्रकार रहेको छ-
(१) अध्यक्ष :- मिलन सोझे राई
(२) बरिष्ठ उपाध्यक्ष :- खगेन्द्र पालुङवा सुब्बा
(३) उपाध्यक्ष :- दिप थापा मगर
(४) उपाध्यक्ष :- रन तामाङ
(५) उपाध्यक्ष :- परि गुरुङ
(६)महासचिव:- राम तामाङ
(७)सचिव:- सन्जोग कन्दङवा
(८)सचिव :- सन्त तामाङ
(९)कोषाध्यक्ष :- राज तामाङ
(१०)सदस्य:-बिक्रम गुरुङ
(बाँकी रहेका पदहरुमा कार्यसमितिले आफ्नो पहिलो बैठकबाट पदाधिकारी मनोनयन गरेर पदपुर्ति गर्नेछन् ।)