पर्यटन वर्ष २०२० सफल पार्न आग्रह गर्दै कोरियाका नेपालीले मनाए बुद्धजयन्ती

By Shiva bhusal Monday, 2019-05-13 मा प्रकाशित

१३ मे सौल ।
अनलाईनवेभ संवाददाता ।
पर्यटन वर्ष २०२० सफल पार्न आग्रह गर्दै कोरियाका नेपालीले २५ सय ६३ औँ बुद्ध जयन्ती आईतवार मनाएका छन् ।
बुद्ध पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा कोरियाको याेंगिनमा रहेको वाउजङसा गुम्बामा भेला भएका नेपालीहरुले लुम्बिनी चिनाउने गरी प्रचार गरिरहेका भेटिन्थे ।
उक्त गुम्बामा गत वर्ष यहाँका नेपालीहरुले चन्दा संकलन गरि नेपालबाट बुद्धको मुर्ति ल्याएर स्थापना गरिएको थियो । मुर्ति स्थापनाको एक वर्ष पुगेको अवसर पनि भएकाले कार्यक्रम विषेश बनेको मुर्ति स्थापना सचिवालय समितीकी संयोजक अञ्जु केसीले बताईन् ।
गुम्बामा पुग्ने नेपालीहरुले नेपाल सरकारको पर्यटन वर्ष २०२० लाई टेवा पुग्ने गरी नेपालका पर्यटकिय स्थलको प्रचार गर्ने पम्प्लेटहरु बोकेका थिए । कार्यक्रममा दुतावासका प्रतिनिधिको रुपमा द्धितिय सचिव उद्धव न्यौपाने पनि सहभगी थिए ।