एनसिसी कोरियाको १७ औँ अधिवेशन छुसगमा गरिने


वेभ टिभि संवाददाता
२७ जेठ सौल ।
कोरियामा रहेका नेपालीहरुको मियो संस्था नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाको १७ औं अधिवेशन आउँदो छुसगमा गरिने भएको छ ।
समितीको आईतवार बसेको बैठकले संस्थाको आगामि अधिवेसन सेप्टेम्बर १४ र १५ गरी दुईदिन सम्म गरिने संस्थाका अध्यक्ष अञ्जु केसीले जानकारी दिईन् ।
छुसगमा यहाँ कार्यरत सबै नेपालीको विदा पर्ने भएकाले सोहि समयमा गर्ने गरी प्रक्रिया सुरु गरिएको केसीले बताईन् ।
संस्थाको यस पछि बस्ने बैठककले अधिवेसन मुल आयोजक समिती गठन गर्ने उनको भनाई छ ।