किम्हेमा “ए मेरो हजुर ३” लाई ऐतिहासिक सफलता


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

 

आइतबार कोरियाको किम्हे सहर स्थित मुन्ह्वावन हल मा सुपर हिट चलचित्र “ए मेरो हजुर ३” को प्रदर्शन सभ्य र भव्यताको साथ सम्पन्न भएको छ । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरिया को आयोजनामा सम्पन्न भएको उक्त चलचित्रले किम्हेमा इतिहास रच्न सफल भएको छ ।

दुबै मृगौला खराब हुनगई हाल मृत्यु सँग लडिरहेकी रोसी गाऊपालिका वडा न. ३ काभ्रे निवासी मिना तामाङको उपचार सहयोगार्थ प्रदर्शन भएको चलचित्र “ए मेरो हजुर ३ ” हेर्ने दर्शकहरुको भिड हलको क्षमता भन्दा बढी भएपछी आयोजकलाई सिटको व्यबस्थापनमा निकै कठीन भएको थियो ।

चलचित्र प्रदर्शन गर्नु अघि छोटो अनौपचारिक कार्यक्रम गर्दै यसै चलचित्र “ए मेरो हजुर ३” बाट नेपाली चलचित्र क्षेत्रमा सह-निर्माता रुपमा डेब्यु गर्नु भएका सरोज सुब्बा सेराङ् लाई आयोजकको तर्फ बाट प्रशंसा-पत्र प्रदान गरेको थियो र सँगै गत महिना “किम्हे सिस्टरहुड” ले आयोजना गरेको सिंगल डान्स कम्पिटीसनमा “तामाड़् समाज ख्यसड़्नाम्दो/बुसान द. कोरिया” को प्रतिनिधित्व गर्दै सहभागी भएका २ जनाले प्रतियोगिताको १५ प्रतिस्पर्धीहरु मध्ये प्रथम हुनुभएकी जुलीफा तामाङ र अन्तिम ५ मा पर्न सफल हुनुभएकी “छ्वेसाङ लामा” लाई पनि प्रशंसा-पत्र द्वारा सम्मान गरेका थिए।

अन्तमा सह-निर्माता सरोज सुब्बा सेराङले चलचित्र निर्माणको बेला गर्नु परेको संघर्ष र अहिले पाएको दर्शकहरुको मायाले एकदम नै खुसी भएको र भबिष्यमा अझै राम्रो राम्रो चलचित्रमा काम गर्ने सोच रहेको जानकारी गराउदै आयोजक र सम्पुर्ण दर्शकहरू प्रती धन्यवाद अनि आभार प्रकट गरेका थिए।