गायिका जुनी खालिङ भन्छिन् “विहे गर्ने उमेर भा छैन।”


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

पूर्वेली गीतमा लोकप्रिय गायिका जुनि खालिङले विहे गर्ने उमेर भा छैन भन्दै गायक इन्द्र सुशीलसँग मीठो गीत ल्याएकी छिन्। उत्तम खजुमको शब्दमा इन्द्र शुशिलको संगीत रहेको उक्त गीतमा बलाराम समालको संगीत संयोजन रहेको छ।

सिमिकलुङ दर्पणको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ। भिडियोलाई जीवन मुकारुङको छायांकन र सम्पादन रहेको छ भने मिना मादेनको निर्देशन रहेको छ। गीतको भिडियोमा सुम्निमा लिम्बू, इक्सा लिम्बू, रोजिना थेगिम र तृसणा नेम्बाङको अभिनय हेर्न सकिन्छ।

भिडियो लिङ्क तल