चारै किरातको सांस्कृतिक झाँकी सहित उभौली समापन हुने


अनलाईन वेभ टिभी.- संवाददाता

यहि आउदो जेष्ठ ३२ गते शनिबारको दिन ललितपुरको लामाटारमा चारै किरातको सांस्कृतिक झाँकी सहित उभौली समापन हुने भएको छ।
किरातीहरुको महान चाड उभौली-२०७६ (५०७९) (साकेला, युच्याङ, यक्वा तङ्नाम, स्यादर पिदार भूमे)को अवसरमा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राईको प्रमुख आथित्य र चारै किरातका प्रतिनिधिहरुको उपस्थितिमा हुन गैरहेको उक्त कार्यक्रम किरात समाजले आयोजना गर्न लागेको हो।
ललितपुर जिल्ला महालक्ष्मि नगरपालिकामा बसोबास गर्ने किरातीहरुको प्रतिनिधित्व गर्ने गरि स्थापित भएको किरात समाजले राई, लिम्बु, याक्खा, सुनुवार चारै किरातको भाषा, धर्म, संस्कार, संस्कृति झल्किने गरि गत साल देखि यस्तो कार्यक्रम गर्दै आइरहेको छ।
किरातीहरुको महान चाड मनाउने क्रममा सम्पूर्ण किराती र गैह्र किरातीहरु संग सम्मान व्यवहार आपसी समन्वय, भाइचाराको सम्बन्ध स्थापित गराउदै आ-आफ्नो भाषा, धर्म, संस्कार संस्कृतिलाई जगेर्ना गर्ने उदेस्यले गर्न लगिएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दिजिबि, कलाकार, पत्रकार, सम्पूर्ण किराती लगायत गैह्र किरातीहरु उपस्थित भई कार्यक्रम सफल बनाइदिनको लागि संस्थाका अध्यक्ष सोनाम याक्खाले अनुरोध गरेका छन्।

उक्त कार्यक्रममा जस कियर होम को प्रायोजनमा साधारण स्वास्थ्य परिक्षण र औषधी उपचार सेवाको पनि व्यवस्था गरिने भएको छ।

कार्यक्रम तालिका:
मिति: २०७६ जेष्ठ ३२ गते शनिबार
स्थान: ससाम्भु चौर-लामाटार-लुभु, ललितपुर
समय: ठिक ११ बजे
नोट: १. ग्वार्को बाट लामाटारको बस चढेर इमाडोल, लुभु हुदै पानी ट्यांकीमा झर्ने, २.कौसलटार बाट बिरुवाको बसमा चढेर बालकोट, सिरुटार हुदै ढलेको पिपलमा झर्ने अनि दाँयाको बाटोबाट पारीपट्टी।