‘श्रम कोरियामा, उद्यम नेपालमा’ निबन्धका उत्कृष्ट प्रतियोगीलाई दुतावासले पुरस्कृत गर्ने


शिव भुसाल
३० जेठ, , सौल ।
नेपाली दुतावास दक्षिण कोरियाले प्रजातन्त्र दिवसको अवसरमा गत वर्ष फागुनमा सञ्चालन गरेको खुला निवन्ध प्रतियोगिताका उत्कृष्ट ५ सहभागिहरुलाई पुरस्कृत गर्ने भएको छ ।
दुतावासले ‘श्रम कोरियामा, उद्यम नेपालमा’ शिर्षक दिएर फागुन महिना भरी उक्त प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई यहिँ जुन महिनाको २३ का दिन ईन्छनमा हुने एक कार्यक्रममा पुरस्कृत गरिने भएको दुतावासले जनाएको छ ।
उक्त प्रतियोगितामा २४ जना नेपालीले सहभागिता जनाएका थिए । जस मध्ये प्रथम, द्धितिय, त्रितिय र शान्त्वना(दुई जना) पुरस्कारको व्यवस्था गरिएको कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।
प्रथम, द्धितीय र त्रितीय स्थान हाँसिल गर्ने तीन जनालाई नगद, ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरिने र शान्त्वना हुने २ जनालाई नगद र प्रमाणपत्रको व्यवस्था गरिएको बास्तोलाको भनाई छ । प्रमाणपत्र भने प्रतियोगितामा सहभागि सबैलाई प्रदान गरिने बास्तोलाले स्पष्ट पारे ।
प्रतियोगिहरुले उक्त शिर्षकमा आधारित रहि १ हजार देखी १५ सय शब्द नबढ्नेगरी निवन्ध लेखि ईमेल वा स्वयम उपस्थित भई दुतावासमा बुझाएर सहभागि भएका थिए । दुतावासले एक विज्ञप्ती प्रकाशित गर्दै उक्त कार्यक्रम हुने स्थान र समयका विषयमा जानकारी गराउँदै उपस्थितीकालागि सम्बन्धीत सबैसँग अनुरोध गरेको छ ।