गायिका मेलिना राई र समीर लिम्बुको आँखा अघि दिनेश र एलिना


अनलाईन वेभ टि•भी
संवाददाता,सौल

मेलोडि क्विन मेलिना राई र कभर किङ गायक समीर लिम्बुको आवाजमा ‘आँखा अघि राखे तिमीलाई , बोलको म्युजिक भिडियो गायक समीर लिम्बुको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायक समीर लिम्बूको जन्म दिनको शुभ अवसर पारेर म्युजिक भिडियो रिलीज गरिएको हो। गीतमा सदोक मल्लको शब्द रचनामा कमल रसाईलीले संगीत भरेका छन भने आमोस तामाङले संगीत संयोजन गरेका हुन।

म्युजिक भिडियोमा ह्याण्डसम गायक तथा मोडल दिनेश नाछिरीङ राई र एलिना थापा मगरलाई देख्न सकिन्छ ।
कोरियाको बिभिन्न रमणिय ठाउँहरूमा खिचिएको उक्त भिडियोलाई कोरियामा रहेर निर्देशन गर्दै आएका चर्चित निर्देशक हाङ चेम्जोङले निर्देशन गरेका हुन। म्युजिक भिडियोलाई पेंजी योङ्गले खिचेका हुन भने बिकास ज्ञवालीले ईडिट गरेका हुन।

प्रबासमा रहेर नेपाली गीत संगीत र कला क्षेत्रमा योगदान दिंदै आएका मोडल तथा गायक दिनेश नाछिरीङ राईले यस अघि अभिनय गरेका म्युजिक भिडियोहरू यु ट्युबमा देख्न सकिन्छ। उनी जस्तै एलिना थापा मगर पनि नेपाली कला प्रबासबाटै फुलाई रहेकी मोडल हुन । कोरियामा रहेर झण्डै दर्जनको हाराहारीमा म्युजिक भिडियो गरिसकेकी एलिना यस पल्ट अझ बढी उत्साहित रहेको बताउछिन। यो गीतको म्युजिक भिडियोमा गरेको मेहेनत पुरै युनिटको अब म्युजिक भिडियोमा अनुमान लगाउन सकिन्छ । निर्देशन हाङ चेम्जोङ भन्छन।‍

भिडियो लिङ्क तल