कोरियामा छुसकमा कार्यक्रम गर्न तीन समुहले पाए एनसिसीको अनुमती


शिव भुसाल
१६ जुन, सौल ।
यस वर्षको छुसक पर्वमा कोरियामा क्रियाशिल तीन ओटा नेपाली संस्थाले सांस्कृतीक कार्यक्रम गर्ने अनुमती पाएका छन् । कोरियाका नेपालीहरुको मियो संस्था एनसिसीको आज सउलमा बसेको भेलाले यहाँ क्रियाशिल सिन्धुपाल्चोक,रामेछाप र दाेलखाकाे संयुक्त, तमु धी कोरिया र सुदुर पश्चिम समाज गरी तीन ओटा समुहलाई  कार्यक्रम गर्न अनुमती दिएको संस्थाका अध्यक्ष अञ्जु केसीले जानकारी दिईन् ।
कोरियामा हरेक वर्ष यहाँका मुख्य पर्वहरुमा एनसिसीले कार्यक्रम बाँडफाँट गर्दै आएको छ । यस अघि सिन्धुपाल्चोक समाज, तमु धि कोरिया , सुदुर पश्चिम समाज , भक्तपुर समाज र मधेसी कोरिया समाजले कार्यक्रम गर्ने प्रस्ताव गरेकोमा निर्णयक मण्डलले यी तीन संस्थालाई कार्यक्रम गर्न सहमती प्रदान गरेको संस्थाका सचिव सुन्दर पन्थीले जानकारी दिए ।
अनुमती पाएका तीन संस्था मध्ये सिन्धुपाल्चोक समाज कोरियाले सेप्टेम्बर १२ मा र बाँकी दुई संस्थाले सेप्टेम्बर १३ मा कार्यक्रम गर्ने पन्थीले बताए । कार्यक्रम बाँडफाँट समितीमा संयोजक अञ्जु केसी, सदस्यहरुमा चित्र बहादुर , युगेल तेण्डुप शेर्मा, डा. अग्निराज कोईराला, रञ्जन कुँवर, सिरी श्रेष्ठ र किसोर ब्लोन रहेका थिए ।
एनआरएनएका एसिया प्यासिफिक उपसंयोजक विनोद कुवँर प्रमुख अतिथी रहेको कार्यक्रमको सञ्चालन सुन्दर पन्थीले गरेका थिए ।