गीतकार दिपा मेवाहाङ राईको शब्द रचनामा मेलिना राईले यस्तो गीत गायिन।


अनलाईन वेभ टि•भी
संवाददाता,सौल

गीतकार दिपा मेवाहाङ राईको प्रेमिल शब्द रचना ‘ हिँड्दा- हिड्दै गोरेटोमा ‘ गायिका मेलिना राईको आवाजमा रहेको उक्त गीतको लिरिकल भिडियो आज भर्खरै गीतकारको आफ्नै यु ट्युबमा च्यानल दिपा राईबाट सार्वजनिक भएको छ।

निकै चोटिलो शब्द सिल्पहरू कलमका माध्यमबाट प्रचुर मात्रामा निकाल्न सक्ने लेखिका हुन दिपा मेवाहाङ राई उनि गीतको अलाव कविता पनि उत्कृष्ट लेख्ने कवि हुन।
उक्त गीतमा गायिका मेलिना राईको आवाज रहेको छ भने संगीत,संगीत संयोजन सुनिल राईले गरेका हुन्।
ए-वान रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत राजेश श्रेष्ठले रेकर्ड गरेका हुन।

यस अघि नै नेपाली सांगीतिक आकाशकी कोकिलकण्ठी आवाजकी धनी गायिका अञ्जु पन्तको आवाजमा हाँसी-हाँसी बाँच प्रिय र द भइस् अफ नेपालकी श्रेया राईको आवाजमा तिमी संगै बोलको निकै मर्मस्पर्शी गीतहरं बजारमा ल्याएकी गीतकार यस पल्ट पनि उस्तै प्रेम प्रति समर्पित गीत लिएर आएकी छन।

भिडियो लिङ्क तल