“डिजिटल भर्सेस् म्यानुअल निम्न बर्गीय चिन्तन्” बिचार- बाबु साईला


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

“डिजिटल भर्सेस् म्यानुअल निम्न बर्गीय चिन्तन्”
बिचार- बाबु साईला
युरोप अमेरिकातिर आफूले आर्जन गरेको सम्पति बिभिन्न एप्स वा कार्डहरूमार्फत् डिजीटाईज गरि ब्यवस्थापन गर्दछन्।कारण उनीहरूलाई कसले कति पैसा कमायो या के गर्यो न अरूको चासो राख्दछ न आफ्नो सम्पति देखाउन जरूरत ठान्दछ।बरू बौध्दिकता प्रयोग गरि त्यस्तै ठांउहरूमा सुटुक्क लगानी गरि आफ्नो भविष्य सुरक्षित गरिरहेका हुन्छन्।यसबाट उनीहरूको सोच्ने क्षमता,चेतनास्तर र बौध्दिकतामा उच्च कोटिको चिन्तन र छाप प्रष्टै देखिन्छन्।तर हामी अधिकांश नेपालीहरूको पहिलो प्राथमिकता बिदेश गएर होस् या जसरी होस् कमाएपछि घडेरी किन्ने त्यसपछि घर बनाउने नै हो।जुन अरूले सर्सर्ती हेर्दापनि कमाएको देखिने हुन्छ र यसलाई हामी प्रतिष्ठा संग जोडिएर हेर्छौं।यस्तो म्यानुअल सम्पति जोड्ने संघर्षको लागि हामीले लगभग आधा जीन्दगी र उर्बर जवानी समाप्त गरिसकेका हुन्छौं।हो गांस बास र कपास हाम्रो आधारभूत आबश्यकता हो।तर मैले यंहानिर भन्न खोजेको कुरा हामीसंग घडेरी किन्न घर बनाउन लगानी गर्ने जुन पैसा छ त्यसैलाई उपयुक्त र संभावना बोकेको ठांउमा चलायमान बनाउदा नगद तरलता पनि हुन्थ्यो र आम्दानी हुनुको साथै व्यक्तिको ब्याबसायिक बौध्दिकता र शारीरिक तन्दुरूस्ततामा समेत सकारात्मक असर परि स्वस्थ समाजको निर्माणमा पनि निर्णायक भूमिका रहने थियो।अझ सरल ढंगबाट भन्नुपर्दा घर एउटा अचल सम्पति हो,जहां लगानी गरेको पैसा लगभग अनुत्पादक क्षेत्र भएको बुझ्दछौ।यदि हामी संग घरनै बनाउने पैसासम्म कमाई गरिसकेका छौ भने त्यसैलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरि प्रतिफल लिएर पनि घर बनाउन सक्छौं भने किन घडेरी त्यसपछि घर फेरि घरपरिवार चलाउन धौ धौ भो भन्दै हाड र छाला चाउरिने अवस्थासम्म परदेशी भूमिमा अमूल्य जवानी र जीन्दगीलाई बलिदान दिईरहने?!कतिन्जेल सम्म मस्तिष्कमा घर र घडेरी मात्र सबथोक जस्तो सोंचेर यो भन्दा अरू जीन्दगीनै नरहेको मानसिकता बोकेर कहिलेसम्म यस्तो निम्न बर्गीय चिन्तन लिई बांचिरहने हो हामी।जबसम्म हामी मानसिकतामा यस्तै निम्न बर्गीय चिन्तन बोकिरहन्छौं,तबसम्म न समाज माथि उठ्न सक्छ न त..,देश नै। ईति