नेकपाको प्रवास संगठन कोरियाले टुंग्यायो एकता प्रकृया


वेभ टिभि संवाददाता
१९ असार, सौल ।
नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मंच दक्षिण कोरियाले संगठनको एकता प्रकृयालाई टुंगो लगाएको छ । कोरियामा रहेका प्रवास संगठनहरु तात्कालिन एमालेको प्रवासी नेपाली मंच र माओवादीको नेपाल जनप्रगतिसिल मंच दक्षिण कोरियाले क्षेत्रिय कमिटीको एकतालाई टुंगो लगाएका हुन् ।
कोरियाकोलागि पार्टिले संयोजकको टुंगो लगाएसँगै यहाँका क्षेत्रीय कमिटीहरुको एकता प्रकृयालाई पनि टुंग्याईएको संगठनका संयोजक परशुराम सापकोटाले जानकारी दिए ।
तीन महिना अघिदेखि सुरु गरिएको एकता प्रक्रिया देशभरी रहेका १२ ओटा क्षेत्रीय कमिटीहरुको एकता पूरा गर्दै आईतवार टुंग्याईएको संयोजक सापकोटाले बताए ।
पार्टिका अन्य संगठनहरुमा जस्तो कोरियामा भने भागबण्डाका आधारमा कमिटीहरु गठन नगरिएको सापकोटाको भनाई छ ।
सन १९९६ मा गठन भएको प्रवासी नेपाली मंच र सन २००६ मा गठीत जन प्रगतिशिलको एकता भएसँगै अब कोरियामा क्रियाशिल सदस्यको संख्या ८ सय पुगेको संगठनले जनाएको छ ।