राजेश पायल राईको आवाजमा सजिएको ‘ मेरो साथ ‘ गीतको भिडियो सार्वजनिक भएको छ


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

 नेपाली गीत संगीतमा तिन दशक देेेेखी निरन्तर  गाउदै आएका र दर्शक श्रोताले रुचाईएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका  ”मेरो साथ ” गीतको भिडियो हिजो सार्वजनिक भएको छ । प्रेमिकाले मायामा धोका दिदाको  पिडालाई गीतमा समेटिएको छ । हाल कर्म थलो दक्षिण कोरियामा रहनु भएका  समाजसेबी एबम मोडल दोस्तिहाङ्ग राईको शब्द तथा डि आर अटुको संगीत रहेको छ ।

राजु कार्किको एरेन्ज गीतमा दिपक गिरीको छायाँकन , अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ । ”मेरो साथ” गीतको भिडियोमा लक्ष्मी तामाङ्ग र सजन गुरुङ्गको अभिनय रहेको छ ।

 गीतको पुरा भिडियो हेर्नुहोस।